नियम
दाना पदार्थको नमूना
(१) दाना पदार्थको नमूना लिँदा दाना जाँचकीले
नमूना लिने ठाउँमा नै लगभग पाँचसय ग्रामको दाना पदार्थ दुई खण्डमा लिई
बेग्ला बेग्लै पोकामा राखी प्रत्येक पोकामा लाहाछाप लगाई देहाय बमोजिम
गर्नु पर्नेछ ः–
(क) एउटा पोका विश्लेषण परीक्षणको लागि सार्वजनिक
विश्लेषक समक्ष पठाउने,
(ख) एउटा पोको स्थानीय अधिकारी समक्ष पठाउने ।
(२) उपनियम (१) बमोजिमका पोकाहरू भित्र राखिएका दाना पदार्थ
बाहिर निस्कन, चुहन र कुनै बाहिरी चीज वा पदार्थभित्र राख्न नपाउने गरी
बनेको र स्वच्छ सफा हुनु पर्छ ।
(३) यस नियमानुसार नमूनाको लागि लिइने दाना पर्दाथको कूल
परिमाणको प्रचलित मोल दाना जाँचकीले तिरी मात्र नमूना लिन पाउनेछ ।
(४) दाना पदार्थ राखिएको पोकामा र त्यसलाई मोडिएको बाहिरी
आवरणमा समेत दाना पदार्थ राख्ने व्यक्तिको सहिछाप हुनु पर्नेछ ।
(५) उपनियम (४) अनुसार दाना पदार्थ राखिएको पोकामा र यसलाई
मोडिएको बाहिरी आवरणमा समेत दाना पदार्थ राख्ने व्यक्तिले सहिछाप
नगरेमा दाना जाँचकीले विश्लेषण परीक्षणको लागि सार्वजनिक विश्लेषक
समक्ष नमूना पठाउँदा सो कुराको जानकारी समेत सार्वजनिक विश्लेषकलाई
र स्थानीय अधिकारीलाई दिनु पर्नेछ ।